सेयर ब्रोकरसँग सुशासन पनि छैन, क्षमता पनि छैनः सेबोन अध्यक्ष रेवतबहादुर कार्कीको बिचार



सेयर बजारको दिर्घकालीन विकासको लागि सरकारले काम गर्छ । वित्तीय रणनीति अनुसार पुँजी बजारमा एक पाटो हो । यसका लागि पाँच वर्षे योजना पहिला नै बनाएको हो । योजना नै बनाएर केही हुने होइन । त्यो खालको वातावरण हुनुपर्छ । बजारमा रियल सेक्टर सबै आउनु पर्छ भन्ने अनि रियल सेक्टर आएपछि ट्याक्सको कुरा आउने गरेको छ ।

ट्याक्स मात्र होइन । प्रिमियममा पनि छ । लगानीकर्ताहरुले सय रुपैयाँभन्दा हुन्न भन्नुहुन्छ, जो छ उसले फ्रि प्राइसिङमा जानुपर्छ भनिरहेको छ । हामील अहिले ‘अन दि वे’मा छौं । अहिले चाँही चार गुणासम्म दिने गरेको हो । यो विषय ५८ बुँदामा पनि समेटिएको छ । अहिले शिबव्को सेयर आइरहेको छ । अन्य धेरै कम्पनी पाइपलाइनमा रहेका छन् ।

मार्जिन ट्रेडिङको सन्दर्भमा हामीले माघमा नेप्सेलाई निर्देशन दिएसकेका छौं । लगानीकर्ताको मित्र हरी ढकालले केही पनि भएको छैन भन्नुभयो । हामीले काम गरेका छौं । एउटा तत्कालै गर्नुपर्ने र नियमावलीमा परिवर्तन गर्ने स्थिति छ । अहिले पाँच रेटिङको कम्पनीलाई आईपीओ जारी गर्न रोक लगाइएको छ । मार्जिनको काम पनि भइसकेको छ । अरु धेरै काम भएको छ । तपाईंहरु खाली काम भएन भनेर भन्ने काम नगर्नु ।

अब यहाँ बैंकलाई ब्रोकर लाईसेन्स दिने सन्दर्भमा धेरै कुराहरु आएका छन् । पहिलो कुरा त २०६४ सालमा कानूनमा नै यसलाई व्यवस्था गरेको थियो । र बैंक आफैले गर्ने होइन । यसले सहायक कम्पनी खोलेर दिने हो । अन्तर्राष्ट्रिय अभ्यास भनेको बजार राम्रो भएको बेलामा राज्यले नै गर्ने हो ।

सांसदकै अघि ब्रोकरप्रति खनिए सेबोन अध्यक्ष कार्की, भने- मलाई महाशत्रू घोषणा गरेर के गर्न सक्नुभयो ?

तर हाम्रोमा चाँही इन्साइडर ट्रेडिङको हिसाबले चाँही सहायक कम्पनीबाट गर्ने भनेका छौं । अघि कसैले भन्नुभयो कि बैंकलाई ब्रोकर लाइसेन्स दिएपछि बैंकका देशभर रहेका २५ सय शाखा र सबै स्थानीय तहबाट सेयर किनबेच गर्न सकिन्छ । त्यो हाइन । किनभने बैंकले सहायक कम्पनी खोलेर ब्रोकरको कारोबार गर्ने हो । अब यहाँ समस्या के छ त भन्दा हामी अर्कोलाई प्रतिस्पर्धामा स्वीकार्दैनौं । र, मैले स्टकमा पनि यसअघि भएका धेरै सुधारको हिसाबमा काम गरेको छु । ठूलो संघर्ष गरेर ब्रोकरको संख्या ५० पुर्याउने मान्छे मै हूँ ।

त्यो बेला मैले नै उनीहरुलाई धेरै सिकाएको हो । आज ती पुराना २३ वटा निकै सन्तुष्ट छन् । उनीहरु डराएका छैनन् । अहिले डराउने भनेको २७ वटा वाला चाँही हुुन । स्टक ब्रोकर एशोसिएसनका अध्यक्षज्यू पनि त्यही २७ मै पर्नुहुन्छ । ब्रोकरमा सबै सिस्टम बनाएर काम गर्ने पनि मैँ हूँ । उहाँहरुको अहिलको आक्रोश भनेको ब्रैंकलाई लाइसेन्स दिने विषयमा हो । उहाँहरुले कति ठाँउमा त घोषणा नै गर्नु भयो- बैंकलाई लाईसेन्स दिने रेवत बहादुर हाम्रो महाशत्रु हो भनेर । सरकारले ल्याएको नियम अनुसार यो हुने भएपछि उहाँहरुको विरोध छ ।

अहिलेको मन्त्रीले सबै बुझ्ने भएकाले र राष्ट्र बैंकले पनि गर्ने भनेको छ । यो अनावश्यक भनेर सुझाव दिने हो भने राष्ट्र बैंकले गर्दै गर्दैन । बैंकलाई दियो भने सारा संसार सकिन्छ जस्तो गर्ने ? मैले ब्रोकरहरुलाई के भनेको हो भने तपाइहरु बैंक आएर सकिने होइन । प्रतिस्पर्धा हुन्छ भनेर बुझ्नुहोस् । यसले सकिने हैन, नयाँ जीवनको शुरु हुन्छ । ५० वटा ब्रोकर छ । दुई करोड पुँजी छ । तै पनि ७७ जिल्ला भ्याउँछु भन्नुहुन्छ ।

अर्थ समितिका सभापति भन्छन्- कानून र सिद्धान्तले बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिन मिल्दैन

अनि अध्ययन गरेको छ भनेर श्रीलंकको प्रतिवेदन दिनुहुन्छ । अब हेर्नुस् है, अलि राम्रो ठाँउमा गएर अध्ययन गर्नुन् । कस्तो देशमा गएर अध्ययन गरेको छ ? स्टक भनेको सुरुमा ब्रोकर मिलेर गरेको एनजीओ जस्तो हो । र, त्यही अनुसार नेपाल स्टक बनेको हो । २०६४ मा मैले स्टकलाई यस्तो बनाएको हो । त्योबेला मैले नै काम गरेको हो । उहाँहरुले अहिले बैंकलाई लाइसेन्स दिने महाशत्रु हो भनेर हिँडिरहनु भएको छ । मेरो अफ्रिका, आईएमएफ लगायतका देशको अन्तर्राष्ट्रिय अनुभव पनि छ ।

सेकेण्डरी बजार भनेको धेरै संवेदनशिल विषय हो । ब्रोकरको शाखा बाहिर दिँदा बिराटनगरमा भागेको अहिलेसम्म भेटेको छैन ।

अब प्रतिस्पर्धामा बैंक, ब्रोकर सबै आउनुपर्छ । प्रदेशमा दिने हिसाबमा हामी पुगेका छौं । ब्रोकरमा अहिले सुशासन छैन । संस्थागत क्षमता पनि छैन । त्यसमा हाम्रो पनि समस्या होला ।

नियमावली संशोधनको क्रममा रहेको छ । पुँजी बजारको विकासमा दिर्घकालीन रुपमा काम गर्न संवेदनशिल छौं । एउटा चैत र अर्को असारसम्मको काम छ । चैत्र त आएकै छैन ।

सांसदलाई ब्रोकर अध्यक्षको ब्रिफिङ- बैंकलाई ब्रोकर लाइसेन्स दिनु पुँजी बजारका लागि घातक

जहाँसम्म ब्रोकर लाईसेन्सको विषयको कु्रा छ । हामीले त अन्तिम समयमा आएर लाइसेन्स दिने हो । पहिलो राष्ट्र बैंकले स्वीकृत दिएर स्टकमा आउनु पर्छ । किनभन्दा नेपालको फाइनान्सियल सिस्टम अनुसार चल्न स्वीकृत चाहिन्छ । अनि नेप्सेबाट धितोपत्र बोर्डमा आउने हो । हामी रोक्दैनौं । अघि हरी जीले अनलाइको समस्याको कुरा गर्नुभयो । यसमा हामी धेरै संवेदनशिल छौं । हामीले सूचना लिइरहेका छौं ।

२०६४ मा ट्रेडिङ अटोमेसन गर्दा म दाबीका साथ भन्छु हामीले कम्पाटिबल इन्टरनेशनल सिस्टम भित्र्याएको । जसले सुरुको दिनबाट कुनै पनि समस्या भएन । अहिलेको अनलाइनमा इन्टरनेशनल कम्प्याटिबल भित्र्याउ भनेको त्यो त टेस्टेड जस्तो । ए बाबा हामीले आईएसकोको सदस्य भएका छौं । उसले कस्तो सिस्टक प्रयोग गरका छौ ? भनेर पनि सोध्छ ।

म चुनौतीका साथ भन्छु, ब्रोकरहरु ठुलाठूला कुरा गर्नुहुन्छ । हामीले पुँजी बजारको इतिहासमा २० लाखसम्म कारबाही गरेका छौं । यो जो पायो त्यहीले गर्नसक्छ । त्यसपछि ब्रोकरहरु हामी विरुद्व लाग्नु भयो । कारबाही नगरे हुने उहाँहरुको भनाई हो । म त त्यसको विरोधी मान्छे । ५० वटा ब्रोककर भन्दा हुनुहुँदैन भन्ने होइन । ब्रोकरहरुले ठुलो पहुँचवालाई फोन गर्न लगाएर हामीलाई सिध्यायो भनेर भन्न लगाए । मसँग नेपाल बैंक र वाणिज्य बैंकमा काम गरेको अनुभव पनि छ ।

अर्थ समितिमा सांसद झाँक्रीले भनिन्- बैंकलाई ब्रोकर लाइसेन्स दिनुअघि गंभीररुपले सोच्नुपर्छ

मार्जिनट्रेडिङ भनेको यस्तो विषय हो मलाई लाग्छ, जुन पाँच वर्ष आउनेवाला थिएन । आब ५ वर्ष पाउनुहुन्न थियो । हाम्रो भिजनले ल्याएको । अटोमेसन पनि आएको छ । सरकारले गरेको काम नदेख्ने अनि खाली विरोध गर्ने ? अहिले लगानीकाहरु भयकर नेता भएका छन् । यहाँ रौनियारजीले भनेको सन्दर्भंमा प्यान लगाउने सन्दर्भमा सरकारले लागु गरेको हो । हामीले आन्तरिक राजश्व विभागसँग कोअर्डिनेसन गरेर आगामी सोमबार छलफल गर्ने छौं । विज्ञ राखेर यो कसरी लागु गर्न सकिन्छ भनेर छलफल गर्ने छौं ।

विकासित देशमा फ्रि इन्ट्री र फ्रि एक्जीट हुन्छ । त्यो ठीक हो । हाम्रो देशमा गारो छ । बैंक तथा वित्तीय क्षेत्रमा यसले कति समस्या निम्त्यायो । त्यसले गर्दा गाह्रो छ । गाँउगाँउमा ब्रोकरलाई शाखा दिनका लागि त्यो सँग क्यापसिटी पनि हुन पर्यो नि । उनीहरुको क्षमता हामीले देखेका छौं नि । यहाँ भन्न मिल्ने हो कि हैन । उहाँहरुको मूल्याङक गर्नुपर्छ । अरुले सुन्लान् कि भनेर मात्र हुँदैन । ब्रोकरलाई ब्रोकर जस्तो बनाउने मान्छे मनै हुँ । लागनीकर्ताको हित ब्रोकरको हितमा पनि मैले काम गरेको छु । म यो गर्वका साथ भन्छु ।

दोस्रो बजार भनेको प्राथमिक बजारजस्तो हैन । यो निकै संवेदनशिल छ । यहाँ अर्बौको लगानी रहेको छ । म अब लगानीकर्तालाई भन्छु, तपाईहरु अब कतैबाट प्रभावित नहुनु । बजारमा राम्रो काम भएको छ । राम्रो काम हुँदा हामीलाई धन्यवाद भन्नुसन् । अब बजार बजारजस्तो हुन छोडिदिनु । एउटाले क्या मन्दिर अगाडी चिया पसल खोलेछ, नबिकेर उ टाट पल्टेछ । अहिलेको सेयरको अवस्था त्यस्तोे होईन । सेयरमा अनलानइन आइसकेको छ । अब लगानीकर्ताको हितमा काम हुन्छ ।

अध्यक्ष कार्की बोल्दै गर्दा अर्थ समितिका सभापति कृष्ण दाहालले लामो भयो भन्दै सभापतिले प्रश्न गरे– ‘इन्साइडर ट्रेडिङको लागी के भएको छ ?’

कार्कीले जवाफ दिए- अँ के गरेको छ भन्दा खेरी, यो इन्साइडर भनेको कुरा धेरै उ हो ।’

त्यसपछि उनले यसरी ब्याख्या शुरु गरे ।

इन्साइडर ट्रेडिङका विषयमा तीन वटा कुराहरु छन् । यसको हामीले नियमावली बनायौं । बोर्डमा पेश गर्यौ । सहसचिवको संयोजकत्वमा कमिटी छ । त्यहाँ छलफल हुँदैछ । एक हप्ता भित्रमा मन्त्रालयबाट त्यो आउँछ होला । अली झर्को स्वरमा यो हामीले बनाईसक्यौ भन्या । फेरि यो भन्नासाथ बन्ने कुरा हो र ? इन्साइडरको यति पीडा छ, मैले उच्च अदालतमा न्यायधीसहरुसँग छलफल गरेको छु ।

न्यायधीशहरुको अगाडि के भएको छ भनेर सोधेको छु । कुरा गर्दा कम्पनीसँग मुद्दा थियो । त्यो मुद्दा भएको विषय बोर्डमा जाने कुचीकारले सुनेछ । त्यो कुरा बाहिर गयो । समस्या भयो । त्यस्तो बेलामा कारबाही कुचीकारलाई गरेर भयो त ? हो यहाँ यस्ता खालका समस्या आउँछन् ।

ब्रोकर कम्पनीहरुले ३ हजार रुपैयाँ दिएर कर्मचारी काममा लगाए । मैले निर्देशन दिएर पैसा बढाउन भने । सरकार १२ हजारमा काम लगाउने भन्छ, यता ३ हजारमा ? उनीहरुको क्वालीटी बढेको छैन । उनीहरुको हिसाबकिताब सबै ठीक छ कि छैन ? उक्त स्थानमा गएर हेर्नुपर्छ सुशासन पनि कस्तो छ ? भनेर हेर्नुपर्छ ।

दीर्घकालमा काम गर्ने विषयमा कुरा गर्दा हाम्रो मर्चेन्ट बैंकको अध्यक्ष यहाँ आउनु भएको छ । उहाँले हामीले लागु गरेको नयाँ ऐन भन्दा पनि २०६४ अनुसार जाने भनेर सरकारलाई नै चुनौती दिनुभयो । त्यो भन्ने मान्छे उहाँ नै हो । उहाँ सरकारले भनेको पनि मान्नुहुन्न । अनि यहाँ आएर उल्टो–उल्टो कुरा गर्ने ? खाली बैंकलाई ब्रोकर लाईसेन्स दियो भनेर विरोध मात्र गर्ने ? खाली नेगेटिभ मात्र कुरा गरेको छ, हिँडेको छ ।

यस्ता धेरै विषय छन्, म तपाईहरुको एक एक प्रश्नको जवाफ दिनसक्छु । मलाई सबै थाहा छ, ऐनका कुरा, बैंक वित्तीय क्षेत्रका कुरा, सबै थाहा छ । (अध्यक्ष कार्कीले मंगलबार संसदको अर्थ समितिमा राखेको बिचार)


पुष्प दुलाल