बैंकहरुले असारसम्म १५ र पुसभित्र १० प्रतिशतमा कल डिपोजिट झानुपर्ने



काठमाडौं । वाणिज्य बैंकहरुले आफ्नो निक्षेपमा कल डिपोजिटको हिस्सा असारसम्म १५ प्रतिशत र पुस मसान्तसम्म १० प्रतिशतमा झानुपर्ने भएको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले निक्षेपलाई प्रोत्साहन गर्नको लागि कल डिपोजिटमा सीमा तोकिएको बताए ।

साना बैंकप्रति झन् कठोर बन्यो राष्ट्र बैंक, १०% भन्दा बढी कल डिपोजिट लिन नपाइने

‘अहिले २५ प्रतिशत रहेको कल डिपोजीटलाई असारसम्ममा १५ र पुस मसान्तसम्म १० प्रतिशतमा बैंकहरुले झार्नुपर्छ,’शिवाकोटीले काठमाडौंमा आयोजित एक कार्यक्रममा भने ।

राष्ट्र बैंकले मध्यावधी समिक्षा मार्फत कल डिपोजिटमा १० प्रतिशतको सीमा तोकेको थियो । २८ वटा वाणिज्य बैंकमा पुस मसान्तसम्मको तथ्यांक अनुसार प्राइम बैंकको कल डिपोजिटमा सबैभन्दा बढी हिस्सा छ । १४ बैंकको १० प्रतिशतभन्दा बढी निक्षेप कलमा रहेको छ ।

कल निक्षेपमा १० प्रतिशतको सीमा, प्राइमलाई सबैभन्दा बढी समस्या, कुन बैंकको कति ?

उनले बैंकले कर्जाको ब्याजमा विभिन्न शुल्क लिने गरेको भन्दै यसलाई घटाउने तर्फ राष्ट्र बैंक लागेको जानकारी दिए । आगामी सेप्टेम्बरसम्ममा आरटीजिएस लागु गर्ने यसले कसले कति पैसा कहा पठायो त्यसको जानकारी हुने उनले जानकारी दिए ।

डेपुटी गभर्नर शिवाकोटीले विदेशी मुद्रा संचिती घटेपनि केन्द्रीय बैंकले ७.८ महिनासम्म आयात धान्न सक्ने बताए ।

यसले नेपाल सुरक्षित भएको भन्दै अहिलेको अर्थ व्यवस्था मिश्रित रहेको टिप्पणी उनको छ ।
कार्यक्रममा उनले वाणिज्य बैंकको शाखा ७०४ स्थानमा पुगेको जानकारी गराउँदै चैतभित्र सबै स्थानीय तहमा शाखा पुग्ने जानकारी दिए ।

अबको समयमा जलविद्युत क्षेत्र लगायत उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन उनले जोड दिए ।

उनले ऋणयोग्य रकमको अभाव हुन नदिनको लागि ब्याजदर घटाउन पहल गरेको बताए ।
अहिले बैंकहरुले एक वर्षे मुद्दतिमा निक्षेप लिने र लामो समयको लागि ऋण दिदा समस्या भएको भन्दै ऋणपत्र जारी गर्न बैंकहरुलाई प्रोत्साहत गर्ने नीति लिएको बताए । यसले लगानीयोग्य रकमको अभाव समस्या नहुने उनको भनाई छ ।


क्लिकमान्डु