नेपाल लाइफको वित्तीय विवरण बीमा समितिको एक्चुरीले स्वीकृत गर्यो, कति देला लाभांश ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्षको वित्तीय विवरणको एक्चुरी भ्यालुएसन स्वीकृत भएको छ । बीमा समितिले नेपाल लाइफको एक्चुरी भ्यालुएसनका लागि भारत पठाएको थियो ।

बीमा समितिको भारतमा रहेको एक्चुरीले नेपाल लाइफको वित्तीय विवरणको एक्चुरी भ्यालुएसन स्वीकृत गरेको हो ।

‘बीमा समितिको एक्चुरीले नेपाल लाइफको एक्चुरी भ्यालुएसन स्वीकृत गरेको छ,’ बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले क्लिकमाण्डूसँग भने, ‘भारतमा रहेको हाम्रो एक्चुरी भ्यालुएटरले आज (बिहीबार) स्वीकृत गरेर पठाएको हो ।’

वित्तीय विवणलाई कम्पनी र बीमा समिति दुबैले आआफ्नो एक्चुरीसँग भ्यालुएसन गराउँछन् । नेपाल लाइफको एक्चुरीले यसअघि नै गत वर्षको वित्तीय विवरणको एक्चुरी भ्यालुएस स्वीकृत गरेर पठाइसकेको थियो ।

नेपाल लाइफ सबैभन्दा बढी लाभांस दिने कम्पनी हो । यो वर्ष पनि नेपाल लाइफले आकर्षक लाभांस दिने देखिन्छ । तर, अघिल्लो वर्षको भन्दा भने केही कम हुने देखिन्छ ।

नेपाल लाइफले आफ्नो एक्चुरीले पठाएको भ्यालुएसन बीमा समितिमा बुझाएको थियो । कम्पनीले बुझाएको एक्चुरी भ्यालुएसनलाई बीमा समितिले आफ्नो एक्चुरीबाट पुन मूल्यांकन गराएको हो ।

बीमा कम्पनीहरुमा पनि एनएफआरएस प्रणाली लागू गरेपछि अहिलेसम्म कुनैपनि बीमा कम्पनीले साधारणसभा गर्न सकेका छैनन् । तर, यो वर्ष सबैभन्दा पहिलो एक्चुरी भ्यालुएसनको स्वीकृति पाएको नेपाल लाइफलाई भने साधारणसभा गर्न बाटो खुलेको छ ।

एक्चुरी भ्यालुएसनका आधारमा कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्छन् ।

एक्चुरी भ्यालुएसन एप्रुभ भएपनि बीमा समितिबाट ब्यालेन्सिट स्वीकृत हुन बाँकी भएकाले कहिले साधारणसभा गर्ने र कति लाभांस दिने भन्ने कुरा अहिले नै यकिन गर्न नसकिने नेपाल लाइफका डेपुटी सीइओ सन्तोष प्रसाईंले जानकारी दिए ।

बीमा समितिले ब्यालेन्सिट एप्रुभ गरेपछि नेपाल लाइफको सञ्चालक समितिले सेयरधनीलाई लाभांश घोषणा गर्छन् । बीमा समितिको नियम अनुसार वार्षिक वित्तीय विवरण स्वीकृत नगराई लाभांश घोषणा गर्न पाइँदैन ।

कम्पनीले आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट गत वर्ष सेयरधनीलाई ४२ प्रतिशत बोनस सेयर र २८.५३ नगद लाभांश गरी कूल ७०.७३ प्रतिशत लाभांस दिएको थियो ।

नेपाल लाइफ सबैभन्दा बढी लाभांस दिने कम्पनी हो । यो वर्ष पनि नेपाल लाइफले आकर्षक लाभांस दिने देखिन्छ । तर, अघिल्लो वर्षको भन्दा भने केही कम हुने देखिन्छ ।


पुष्प दुलाल