१०० रुपैयाँका ४० करोड थान नोट छाप्न राष्ट्र बैंकले फेरि टेन्डर खुलायो



काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ४० करोड थान नोट छाप्न फेरि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

पहिलो पटक कात्तिक २९ गते आह्वान गरेको बोलपत्रमा कुनै पनि संस्थाले आवेदन नगरेपछि राष्ट्र बैंकले माघ १६ गते दोस्रो पटक डेन्डर खुलाएको हो ।

इच्छुक कम्पनीले फागुन ९ भित्र बोलपत्र पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । बोलपत्र खोलिएको १२० दिनसम्म म्याद रहने छ ।

बोलपत्रका लागि ३ करोड १० लाख रुपैयाँ जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । बोलपत्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा फागुन ९ गते खोलिने छ ।

योग्य कम्पनीले नोट डिजाइन, प्रकाशन र आपूर्ति गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।


पुष्प दुलाल