सिटिजन्स बैंक र जनरल इन्स्योरेन्स कम्पनीबीच बैङ्कासुरेन्स सम्झौता




काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र जनरल ईन्स्योरेन्स कम्पनीबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनी तथा बैंकबीच एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका नि।प्रमुख कार्यकारी अधिकृत गणेश राज पोख्ररेल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।


पुष्प दुलाल