१८० दिनमै अर्ब कमाउने सूचिमा एनआइसी एशिया, प्रभु, ग्लोबल, एसबिआई र सिद्दार्थ बैंक थपिए



काठमाडौं । सञ्चालनमा रहेका २८ बैंकमध्ये १३ वटा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त) को वित्तीय विवरण सार्वजानिक गरेका छन् । जसमध्ये ८ वटा बैंकले ६ महिनामै अर्ब कमाएका छन् ।

अर्ब कमाउने ८ वटा बैंकमध्ये पनि ५ वटा बैंकले पहिलोपटक ६ महिनामै अर्ब कमाउन सफल भएका हुन् । एनआइसी एशिया, प्रभु, ग्लोबल आइएमइ, एसबिआई र सिद्दार्थ बैंकले पहिलोपटक ६ महिनामै अर्बभन्दा बढी नाफा कमाएका हुन् ।

नविल, इन्भेष्टमेन्ट, एभरेष्ट बैंकले गत वर्षको पुसमै अर्बभन्दा बढी नाफा कमाएका थिए ।

वित्तीय विवरण सार्वजानिक गर्ने १३ बैंकमध्ये सानिमा, सनराइज, सिटिजन्स, कुमारी र माच्छापुच्छे« बैंकको नाफा अर्ब भन्दा छ । अर्ब नकटने बैंकको पनि नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा उल्लेख्य बढेको छ ।

यो अवधिमा सबै भन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबलिले २ अर्ब १७ करोड ६८ लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंकमा एनआईसी एसिया बैंक छ । एनआईसीले १ खर्ब ७५ अर्ब ७६ करोड ४३ लाख ५६ हजार रुपैयाँ रहेको छ । दोस्रोमा नबिल बैंंक रहेको छ भने तेस्रोमा इन्भेष्टमेन्ट बैंक रहेको छ ।

यस्तै लगानीतर्फ पनि एनआईसी एसिया एसिया बैंक नै रहेको छ ।  एनआईसी बैंकको १ खर्ब ४९ अर्ब ३० करोड ३९ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

ऋण लगानी गर्नेमा पनि नबिल र इन्भेष्टमेन्ट बैंक दोस्रो र तेस्रो स्थानमा रहेका छन् । एनआईसी एसिया बैंक नाफा आर्जनमा अन्यभन्दा कमजोर देखिएपनि निक्षेप संकलन र कर्जा लगानीमा अग्रस्थानमा देखिएको छ ।

 

Bank Name

Deposits (Rs,000) Loan (Rs,000) profit (Rs,000)
 30 push 2075 30 push 2074 30 push 2075 30 push 2074 30 push 2075 30 push 2074
Nabil 149,382,011 121,289,801 130,710,675 102,938,161 2,176,862 1,837,784
Sanima 85,680,841 68,500,415 77,226,975 61,239,813 982,087 830,526
Sunrise 76,062,607 63,269,277 67,753,770 56,241,791 792,754 587,558
Investment 142,106,652 129,845,324 127,416,902 113,671,155 1,975,572 1,830,485
Nepal sbi 97,837,621 85,169,260 90,923,707 71,341,293 1,022,790 913,041
citizens 65,124,281 58,464,929 60,474,435 52,357,324 770,346 628,600
Global ime 113,175,953 100,216,310 102,408,455 86,163,588 1,229,386 979,925
Prabhu 104,981,380 86,141,047 88,159,869 71,771,606 1,041,815 601,102
Siddhartha 106,384,918 85,566,023 97,507,052 76,913,132 1,069,444 869,377
Kumari 75,448,539 57,849,357 70,772,203 50,759,255 676,244 511,422
Everest 124,177,926 103,299,183 105,927,470 86,082,751 1,429,915 1,222,832
Machhapuchire 85,176,247 65,798,373 74,653,510 60,072,755 781,378 486,569
Nic Asia 175,764,356 120,467,013 149,303,944 100,954,924 1,511,459 571,794


पुष्प दुलाल