सन नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंकबीच बैंकासुरेन्स सम्झौता



काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंक नेपालबीच बंैकासुरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र मेगा बैंक नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलीले हस्ताक्षर गरेका छन ।

यस सम्झौता अन्र्तगत मेगा बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु मेगा बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।


पुष्प दुलाल