प्रहरीलाई घुस दिँदै हुनुहुन्छ भने होसियार ! तपाइँलाई त्यही प्रहरीले पक्राउ गर्छ
काठमाडौं । तपाईंले आफ्नो काम मिलाउन प्रहरीलाई घुस दिन खोज्नुभएको त छैन ? खोज्नुभएको छ भने सावधान १ घुस नदिनुहोस्, प्रहरीले पक्राउ गर्न सक्छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मङ्सिरदेखि प्रहरीलाई घुस दिने र आफ्नो स्वार्थ पूरा गर्ने व्यक्तिलार्ई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गरेको छ ।
मङ्सिर १२ गते चक्रपथ चल्ने बा २ ख ३९२४ नं को भाडाको मिनीबसमा पाकेट मार्न खोज्दा समातिएका ललितपुरका सुवास थापालाई प्रहरीलाई १ हजार ५०० घुस दिन खोज्दा प्रहरीले पक्राउ ग¥यो ।
मङ्सिर २४ गते थापाथलीमा बा ८७ प ४३३७ नं को मोटरसाइकलका चालक राजु घिसिङलाई ट्राफिक नियमविपरीत ‘यूटर्न’ गर्न खोजेपछि प्रहरीले समात्न खोज्दा १ हजार घुस दिन लाग्दा प्रहरीले पक्राउ ग¥यो ।
पुस २ गते सोह्रखुट्टेमा ज१०प ६५२६ नं को मोटरसाइकल चालक रौतहटका सहजाद मिकरानीले मादक पदार्थ सेवान (मापसे) गरी सवारी चलाएपछि प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीलाई उल्टै १ हजार दिन खोजेपछि पक्राउ ग¥यो ।
पुस १९ गते लु१ख ९४६९ नं को बसलाई जाँच गर्ने क्रममा खेलकूदका सामग्रीको कागजात भए÷नभएको माग गर्दा बसका सहचालकले प्रहरीलाई आर्थिक प्रलोभनमा पारी रु एक हजार ५०० दिन खोज्दा प्रहरीले पक्राउ ग¥यो ।
माथिका घटना प्रतिनिधिमूलक घटना मात्र हुन् । कार्यालयले प्रहरीलाई घुस दिएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने व्यक्तिलाई रङ्गेहात पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह मङ्सिरदेखि हालसम्म प्रहरीलाई घुस दिन खोज्ने २६ चालक तथा सहचालकलाई पक्राउ गरेको बताउँछिन् ।
कार्यालयले प्रहरीलाई घुस दिन खोज्ने चालक तथा सहचालकलाई पक्राउ गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृतसमेत गर्दै आएको छ । हालसम्म कार्यालयले सात प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ ।
पुरस्कृत हुने प्रहरी कर्मचारीमा प्रहरी नायव निरीक्षक विश्वनाथ त्रिपाठी, प्रहरी सहायक निरीक्षक हरिबहादुर खड्का, उमेश भट्टराई र फाल्गुण श्रेष्ठ, प्रहरी हबल्दार लक्ष्मण यादव र जालन्धर राय यादव तथा प्रहरी जवान लालप्रसाद सापकोटा रहेका छन् ।
प्रहरी प्रवक्ता सिंह अहिले सात प्रहरीलाई पुरस्कृत गरे पनि सबै प्रहरीलाई क्रमशः पुरस्कृत गर्दै जाने बताउँछिन् । कार्यालय प्रमुख एवं प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री एक÷दुई प्रहरी कर्मचारीका कारण प्रहरी सङ्गठन नै बदनाम हुने गरेकाले कार्यालयले उक्त अभियान सञ्चालन गरेको बताँछन् ।
‘घुससहित पक्राउ गर्ने प्रहरी कर्मचारीको वृत्ति विकासमा समेत सहयोग पुग्नेछ,’ उनी भन्छन् ।
प्रहरीले सामाजिक मर्यादाको ख्याल रहोस् र गल्ती महसुस होस् भनेर थुनामा समेत राख्ने गरेको छ । पक्राउ परेका व्यक्ति जिल्ला प्रशासन कार्यालयले तोकेको धरौटीमा छुट्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई घुस दिने व्यक्तिलाई ५ देखि १० हजारसम्म धरौटी माग गर्ने गरेको छ ।
कार्यालयले रातिको समयलाई लक्षित गरेर विशेष ‘ड्युटी’समेत खटाएको छ । उपत्यकाभित्र हुने अपराध न्यूनीकरण र प्रहरीले गरेको कामको अनुगमनका लागि विशेष ‘ड्युटी’ को व्यवस्था गरिएको हो । यसका साथै प्रहरी कर्मचारीलाई हौसला प्रदान गर्न घुससहित पक्राउ गर्ने प्रहरी कर्मचारीलाई कार्यालयका हाकिमले फोन गरेर धन्यवादसमेत दिने गरेका छन् ।
कार्यालयले प्रहरीलाई घुस दिन खोज्नेलाई पक्राउ गरी मुद्दासमेत चलाएको छ । रासस