पाकिस्तानबाट छुट्टिन खोजेको बलोचिस्तानको सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई दियो बधाई

1.4k
Shares

एजेन्सी । पाकिस्तानबाट अलग्गिन खोजेको बलोचिस्तान सरकारका अधिकारी मिर यार बलोचले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन् ।

बलोचले आफ्नो आधिकारिक एक्स अकाउन्टमा पोस्ट गर्दै लेखे, ‘नेपालका बलुच समुदायको तर्फबाट बलुचिस्तान गणतन्त्रले नयाँ मन्त्रिपरिषद् र नेपालको गरिमामय प्रधानमन्त्री पद सम्हाल्नुभएका बालेन्द्र शाहलाई हार्दिक बधाई ज्ञापन गर्दछ । तपाईंको नेतृत्वले तपाईंको राष्ट्रका लागि एक आशाजनक अध्यायको सुरुवात गरेको छ र तपाईंको दृष्टिकोण, ऊर्जा र समर्पणले नेपाललाई थप प्रगति र समृद्धितर्फ डोर्याउनेमा हामी विश्वस्त छौं ।’

बधाई सन्देशमा थप लेखिएको छ, ‘हामी पारस्परिक सम्मान, सहयोग र शान्ति तथा विकासका साझा आकांक्षाहरूमा आधारित रहेर हाम्रा दुई राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध प्रगाढ बनाउन र बलियो कूटनीतिक सम्बन्ध स्थापित गर्न तत्पर छौं । यस नयाँ यात्राले तपाईंको नेतृत्वलाई सफलता प्रदान गरोस् र हाम्रा जनताबीचको सम्बन्धलाई थप मजबुत बनाओस् ।’

सन्देशको अन्त्यमा लेखिएको छ, ‘पुनः एकपटक बधाई तथा सफल कार्यकालका लागि हार्दिक शुभकामना ।’