रोजगारी दिन जेनजी आन्दोलनका २७ सहिद परिवारका सदस्यलाई विद्युत प्राधिकरणले बोलायो

217
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जेन–जी आन्दोलनका २७ सहिद परिवारका सदस्यलाई रोजगारीका लागि बोलाएको छ ।

प्राधिकरणले जेन–जी आन्दोलनका २७ सहिद परिवारका सदस्यलाई रोजगारीका लागि सम्पर्कमा आउन आग्रह गरेको हो ।

सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका सहिदहरूको परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको थियो । जसअनुसार उक्त परिवारका सदस्यलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै सहिद परिवारका सदस्यलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

सरकार र जेन–जी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषदबाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि बमोजिम र सहिद परिवारका सदस्यका निवेदनका आधारमा २७ जनालाई रोजगारी दिने निर्णय गरेको थियो ।