भाइरलले प्रचण्डको परिवारलाई तनाबः सासू-बुहारी नै अस्पतालमा



काठमाडौं । खानेपानीमन्त्री बीना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ ।

भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि उउनी सोमबार साँझदेखि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएको स्वकीय सचिव विजयदेव भट्टराईले जानकारी दिए ।

मन्त्री मगरको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । भाइरलकै कारण दुईदिन अघि बिनाकी सासू अर्थात् प्रचण्डपत्नी सीता दाहाल पनि अस्पताल भर्ना भई उपचार गराइरहेकी छन् ।


पुष्प दुलाल