राजनीतिक परिस्थिति परिवर्तन भएको भन्दै हेटौंडा सिमेन्टका अध्यक्ष भण्डारीले दिए राजीनामा

1.5k
Shares

काठमाडौं । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन् ।

भण्डारीले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । गत २०८१ जेठ २४ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन वर्षका लागि नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी रहँदै परिवर्तित राजनीतिक परिस्थितिलाई मुख्य कारण देखाउँदै राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा भण्डारीले आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन निरन्तर प्रयास गरेको उल्लेख गरेका छन् ।

उनका अनुसार पुरानो मेसिनरी संयन्त्र, प्रविधिगत सीमितता र चरम आर्थिक अभावका बाबजुद पनि उद्योगलाई सञ्चालन भइरहेको छ । उद्योगमा क्लिङ्कर उत्पादन तथा बिक्री प्रक्रिया नियमित भइरहेको उनले बताए।

अध्यक्ष भण्डारीले राजीनामा पत्रमार्फत मन्त्रालयको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उद्योगलाई प्रतिस्पर्धी बनाउन आवश्यक पर्ने पुँजीगत तथा चालु खर्च व्यवस्थापनका लागि पटक पटक ऋण तथा अनुदानका लागि अनुरोध गरे तापनि मन्त्रालयबाट कुनै ठोस नीतिगत निर्देशन र आर्थिक व्यवस्थापन नभएको उनको गुनासो छ ।