राष्ट्रिय वाणिज्य बैंकका थप ३ शाखा




काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले थप तीन वटा नयाँ शाखा स्थापना गर्नुका साथै सातै प्रदेशमा आफ्नो प्रदेश सम्पर्क कार्यालय स्थापना गरेको छ ।

काठमाडौंको बौद्ध, जाजरकोटाको भेरी नगरपालिका र रुकुम पूर्व जिल्लाको सिस्ने गांउपालिका रुकुमकोटमा नयाँ शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । अब बैंकको शाखा कार्यालयहरुको संख्या २१५ पुगेको बैंकले जनाएको छ ।

आकर्षक भौतिक पूर्वाधार, चुस्त तथा सहज सेवा र आधुनिक इलेक्ट्रोनिक उपकरणहरुको अधिकतम प्रयोग गर्ने गरी पहिलो चरणमा बैंकका तीनवटा शाखा कार्यालय नक्साल, पुल्चोक र हेटौंडालाई स्मार्ट ब्रान्चको रुपमा शुभारम्भ गरिने भएको छ । स्मार्ट ब्रान्चबाट शाखा अख्तियारी भित्रका ३० लाख रुपैंया सम्मका ब्यवसाय कर्जा, २५ लाख रुपैंया सम्मको घर कर्जा, २० लाख रुपैंया सम्मको गाडी कर्जाहरु सबै कागजात प्राप्त भएको सात कार्यदिन भित्र लगानी गरिने बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुलाई चरणगत रुपमा स्मार्ट ब्रान्चको रुपमा विकास गर्दै लैजाने योजनामा छ ।

बैंकले गत पुसमसान्त भित्रमा सातवटै प्रदेशमा प्रदेश सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।


पुष्प दुलाल