समुदाय–प्रहरी साझेदारीलाई जनता बैंकको सहयोग



काठमाडौ । अपराध रोकथाम, समाजिक बिकृति एवं विसंगति बिरुद्ध जनचेतना फैलाउने उदेश्यले सञ्चालित ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई जनता बैंकले सचेतनामुलक सामाग्री प्रदान गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुमा नबनिर्मित नागरिक सहायताकक्षको उद्घाटन कार्यक्रममा बैंकको सँस्थागत मामिला तथा सँस्थागत सामाजिक उत्तरदायित्व विभाग प्रमुख छविलाल हुमागाई र ब्रान्डिङ प्रमुख शैलेन्द«नाथले बैंकको तर्फबाट १० प्रकारका २५,००० थान जानकारी मुलक स्टिकर प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाललाई हस्तान्तरण गरेका हुन । उक्त स्टिकरहरु समुदायको प्रत्येक घरमा टाँस गर्ने कार्यक्रम रहेको छ । हस्तान्तरण गरिएको स्टिकरमा सिधा सम्पर्क गर्न सकिने प्रहरी अधिकारी र कार्यालयको सम्पर्क नम्बरहरु उल्लेख गरिएको छ । समुदायमा शंकासपद मानिस, चिजवस्तु देखेमा वा सुरक्षा सम्बन्धि सहयोग, जानकारी र गुनासो भएमा वा तत्काल प्रहरीको सहयोग आवश्यक परेमा स्टिकरमा उल्लेख गरिएका नब्बरहरुमा सम्पर्क गर्ने ब्यबस्था मिलाइएको छ । प्रहरीका अनुसार महानगरका करिब ४ लाख घरमा यस्तो स्टिकर राखिने कार्यक्रम रहेको छ ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा बिभिन्न कामहरु गर्दै आइरहेको छ । हालै चितवन स्थित जमुनापुर हेल्थ सोसाइटीलाई सामुदायिक भबन निर्माण सहयोगार्थ १ लाख ५० हजार र धरानमा अबस्थित असहाय सहयोग परिषदलाई १ लाख रुपैंया सञ्चालन अनुदान प्रदान गरेको थियो । यसैगरी त्रिवेणी घाट पनौतीमा रहेको मंैत्री बृद्धाश्रममा ३६० लिटर क्षमताको सोलार वाटर हिटर जडान गरी हस्तान्तरण गरिएको छ ।


पुष्प दुलाल