काठमाडौं, तनहुँ र कञ्चनपुरमा माछापुच्छ्रे बैंकका ३ नयाँ शाखा



काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंस्थित कुलेश्वर शाखाकार्यालयको औपचारिक शुरुवात गरेको छ । त्यसैगरी, तनहुँ स्थित भिमाद र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ ।

बैंकले शुक्रबार काठमाडौं महानगरपालिका स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिकसुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्वसभासद डा. बिरेन्द्र प्रसाद महतोले गरे ।

बैंकको कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको छ । यस सँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १९ पुगेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९३ वटा शाखाहरु र ५२ शाखा रहित बैकिङ्ग सेवासमेत गरी जम्मा १४५ स्थानवाट बैंकिङ सुबिधा प्रदान गरीरहेको छ ।


पुष्प दुलाल