कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्सले गरे बैंकासुरेन्स सम्झौता



काठमाडौ । कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

एकआपसमा सेवा सुविधा लिन पाउने गरी सम्झौतापत्रमा हस्ताक्ष्ँर भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सुर्या लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्ष्ँर गरेका हुन ।


पुष्प दुलाल