चीनको आन्तरिक ऋणमा वृद्धि, डिसेम्बरमा १ खर्ब ६० अर्ब अमेरिकी डलर पुग्यो
बेइजिङ । सन २०१८ को डिसेम्बरमा चीनको आन्तरिक ऋण १.०८ ट्रिलियन युआन अर्थात झण्डै एक खर्ब ६० अर्ब अमेरिकी डलर पुगेको केन्द्रीय बैंकको मङ्गलबार सार्वजनिक तथ्याङ्कले जनाएको छ । यो गत बर्षको सोही महिनाको तुलनामा चार खर्ब ९९ अर्ब ५० करोड युआन बढी हो ।
यद्यपि सन २०१८ को नोभेम्बरको तुलनामा नयाँ ऋण रकममा सामान्य कमी अर्थात १.२५ ट्रिलियन यूआनबाट १.०८ ट्रिलियन युआनमा झरेको पिपुल्स बैंक अफ चाइनाले जनाएको छ । एक ट्रिलियन बराबर दश खर्ब हुन्छ ।
मुद्रा आपुर्ति गर्ने मापदण्ड एम–२, जसले मुद्राप्रवाह र सम्पूर्ण निक्षेपको लेखाजोखा राख्छ, अघिल्लो बर्षको तुलनामा ८.१ प्रतिशत बढेर डिसेम्बरको अन्त्यसम्ममा १८२।६७ ट्रिलियन युआन पुगेको छ ।
एम–२ को वृद्धि अघिल्लो महिनामा रेकर्ड भएको आठ प्रतिशतभन्दा बढी हो भने एक बर्ष पहिले सोही समयको तुलनामा बराबर हो ।
मुद्रा आपूर्तिको अर्को मापदण्ड एम–१, जसले नगद प्रवाह र निक्षेपको मागको रेकर्ड राख्छ, एक बर्ष पहिलेकोे तुलनामा गत डिसेम्बरमा १।५ प्रतिशत वृद्धि अर्थात् ५५.१७ ट्रिलियन युआन बढी देखिएको छ ।
समग्रमा सन २०१८ को नयाँ यूआनको ऋणमा अघिल्लो बर्षको तुलनामा २.६४ ट्रिलियन युआनले वृद्धि भई १६।१७ ट्रिलियन युआन पुगेको छ ।