ओली–लेखक पक्राउ प्रकरणः गृहमन्त्रीले लिए सुरक्षा संयन्त्रसँग ब्रिफिङ

1k
Shares


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याललगायतका सुरक्षा अधिकारीसँग छलफल गरेका छन् ।

शनिबार साँझ गृहमन्त्रालयमा गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपछिको घटनाक्रम र सो सुरक्षाका विषयमा छलफल गरेका हुन् ।

गुरुङले दिनभरको घटनाक्रम र सुरक्षा अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङले छलफल बोलाएको हो ।
सरकारले हिजो मात्रै जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा आज बिहानै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । त्यसयता काठमाडौंलगायत देशभर दिनभर प्रदर्शन भइरहेको छ । काठमाडौंका सडकमा केहीबेर स्थिति तनावग्रस्त समेत बनेको थियो ।