१ करोड ६० लाख कित्ता आइपिओ जारी गर्दै नेपाल पुनर्बीमा कम्पनी



काठमाडौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १ करोड ६० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ ।

उक्त प्राथामिक शेयरको विक्रि प्रबन्ध राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैकिङले गर्ने भएको छ । १ अर्ब ६० करोड रुपैयाँ बराबर हुन आउने १ करोड ६० लाख कित्ता आइपिओ निकट भविष्यमा जारी हुने बताइएकाे छ  ।

आरविवि मर्चेन्ट बैकिङको तेस्रो वार्षिक साधारणसभामा उक्त जानकारी दिइएको थियो ।


पुष्प दुलाल