एन आई सी एशिया बैंकको नयाँ शाखा जाजरकोटको डल्लीमा



जाजरकोट । एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय जाजरकोटको नलगाड नगरपालिकामा खुलेको छ ।
नलगाड नगरपालिकास्थित डल्लीबजार शाखाको उदघाटन नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावल गरेपछि कारोवार शुरु भएको छ ।

बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


पुष्प दुलाल