प्राइम कमर्सियल बैंकको नयाँ शाखा सिन्धुलीको फिक्कल गाँउपालिकामा

क्लिकमान्डु २०७५ पुष २७ गते १४:५६ मा प्रकाशित

काठमाडौ । आफ्नो शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंकले सिन्धुलीको फिक्कल गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७२ पुगेको छ बैंकले जनाएको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बिच फिक्कल गाँउपालिका अध्यक्ष श्रीे धन बहादुर कार्कीले शाखा कार्यालय फिक्कलको समुदघाटन गरेका हुन ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता व्यक्त गरेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस