युनियन लाइफले ६४ लाख ५० हजार कित्ता आइपिओ जारी गर्ने

क्लिकमान्डु २०७५ पुष २७ गते १४:५५ मा प्रकाशित


काठमाडौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले छिट्टै ६४ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणलाई आईपिओ जारी गर्ने जनाएको छ ।

कम्पनीकोे अधिकृत पूंजीको ३० प्रतिशतका दरले ६४,५०,००० शेयर कित्ता शेयर सर्वसाधारणलाई आईपिओ जारी गर्ने प्रक्रियामा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले जानकारी दिएका छन । कम्पनीले चालु आर्थिक वर्ष २०७५।७६ को मंसिर महिना सम्ममा प्रथम बीमा शुल्क रकम रु.७६,९५,६८,४२२।– आर्जन गर्न सफल भएको समेत उनले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

कम्पनीले नेपालभर आफ्नो शाखा तथा उपशाखा कार्यालयहरु बिस्तार गरी ब्यापार ब्यावसाय संचालन गरिरहेको छ । यहि आर्थिक वर्षमा कम्पनी ७७ वटै जिल्लामा पुग्ने उनले बताए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स