सिटिजन्स बैंकको प्रदेश नं ३ को प्रादेशिक कार्यालय काठमाडौमा
काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनलले प्रदेश नं ३ को प्रादेशिक कार्यालय आफ्नै सुविधा सम्पन्न भवन,काठमाडौँको डिल्लीबजारमा खोलेको छ ।
एक भव्य समारोहका बीच बैंकका संचालक समितिका अध्यक्ष डा. शंकर प्रसाद शर्माले ताम्रपत्र अनावरण गरी उक्त प्रादेशिक कार्यालयको उद्घाटन गरेका छन । प्रदेश नं ३ अन्तर्गत बैंकका ३४ वटा शाखाहरुबाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
प्रदेश नं ३ मा रहेका १४ जिल्ला मध्ये ९ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।