प्राइम बैंकको नयाँ शाखा उदयपुरको ताप्ली गाँउपालिकामा
काठमाडौं । आफ्नो शाखा सञ्जाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंकले उदयपुरको ताप्ली गाँउपालिकामा नयाँ शाखा खोलेको छ ।
स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बिच ताप्ली गाँउपालिका अध्यक्ष उद्धव सिंह थापाले शाखा कार्यालय ताप्लीको समुदघाटन गरेका हुन ।
यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता व्यक्त गरेको छ ।
यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७१ पुगेको छ ।