एशियन लाईफ इन्स्योरेन्सले ल्यायो “दम्पती सुरक्षा प्लस” योजना



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले “दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)” जीवन बीमा योजना ल्याएको छ । यस योजनामा एउटै बीमालेखबाट श्रीमान÷श्रीमती दुबैजनाको जोखिम बहन हुनेछ ।

यस योजना अनुसार ५० हजार रुपैंयादेखि माथि जतिसुकै रकमको बीमा गर्न सकिनेछ । साथै ठूलो बीमाङ्कको बीमाशुल्क रकममा छुट सुविधा समेत रहेको कम्पनीले जनाएको छ । यस योजनामा दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग÷अशक्त सुविधा एवं बीमा शुल्क छुट सुविधा पनि समाबेश गरिएको छ । यस योजना अन्तर्गत बिमा गर्नेहरुले मासिक,त्रैमासिक, अद्र्धवार्षिक तथा वार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सक्नेछन ।

त्यसै गरी बीमा अवधि समाप्त हुने मितिसम्म दुबै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस पाउँनेछन । बीमा अवधि भित्र दुईमध्ये एक बीमितको मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र आर्जित बोनस पाउने कम्पनीले जनाएको छ । बीमा अवधिभित्र अर्को बीमितको पनि मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम कम्पनीले भुक्तानी गर्नेछ । बीमा अवधि समाप्त हुने मितिसम्म दुईमध्ये एक बीमित मात्र जीवित रहेमा पूरै बीमाङ्क रकम भुक्तानी दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले जानकारी दिएका छन ।


पुष्प दुलाल