सुुर्खेतको बोटेचौरमा सांग्रिला डेभलपमेन्ट बैंकको शाखा
काठमाडौ । साँग्रिला डेभलपमेन्ट बैंकले आफ्नो नयां शाखा सुुर्खेत जिल्लाको गुुर्भाकोट नगरपालिका स्थित बोटेचौरमा संचालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटन बैंकका संचालक अच्युुत प्रसाद प्रसाई तथा गुुर्भाकोट नगरपालिकाका मेयर हस्त बहादुुर पुुनले संयुुक्त रुपमा गरेका थिए । सो अवसरमा बाल्दै प्रमुुख अतिथी मेयर पुुनले उक्त क्षेत्र कृषिको लागि निकै सम्भावना भएको उल्लेख गर्दै बैंकले कृषिमा लगानी गरि सो क्षेत्रको विकासमा सहयोग पुुर्याउनुु पर्ने विचार ब्यक्त गरे ।
बैकले स्थानीय विकासको आधार भन्ने आफ्नो मुुलमन्त्रलाई आत्मसाथ गर्दै सुुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट ग्रामिण क्षेत्रका जनताहरु बिच आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै देशभर शाखा संजाल विस्तार गरि सम्पूर्ण नेपालीमा सर्वसुलभ बैंकिङ्ग सुविधाको पहुुंच पुुर्याउने बैंकको लक्ष्य रहेको बैकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।
बैकले हालसम्म सातवटै प्रदेशमा गरि शाखा संख्या ७७, तथा २३ वटा एटीएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको बैकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।