एन आई सी एशियाको नयाँ शाखा दाङकाे राजपुरमा
काठमाडौ । एन आई सी एशिया बैंकले शाखा विस्तार गर्ने क्रममा नयाँ शाखा दाङ जिल्लाको राजपुर गाउँपालिकामा खोलको छ ।
यु.के.एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दाङ्गको राजपुर गाँउपालिका वडा नं.५ जँग्रहवा स्थित जँग्रहवा खुलेको नयाँ शाखाको उदघाटन राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज के सीले गरेका हुन ।
बैकले हाल मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
सक्षम यु.के.एड को सहयोग प्राप्त एक्सेस टु फाइनान्स अभियान हो । यसलाई नेपालमा डि एफ आइ डी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।