२० रुपैयाँको नयाँ आइसी नोट ल्याउँदै भारतीय रिजर्ब बैंक



काठमाडौं । रिजर्व बैंक अफ इन्डियाले नयाँ फिचरका साथ २० रुपैयाँको नयाँ नोट प्रकाशित गर्ने भएको छ । बैंकले छाप्ने कूल मुद्रा मध्ये ९.८ प्रतिशत मूल्यको २० रुपैयाँको नोट सन् २०१८ को मार्चदेखि सञ्चालनमा ल्याएको थियो । त्यसलाई परिवर्तन गरेर नयाँ नोट ल्याउन लागेको बैंकले जनाएको छ ।

भारतमा नोटबन्दी देखि हालसम्म १०, ५०, १००, ५००, २००, तथा २००० को नोट प्रकाशन गरिएको थियो । नयाँ २० रुपैयाँको नोट केही दिन भित्रै सार्वजनिक गरिने बैंकको विवरणमा उल्लेख छ ।

बैंककाअनुसार मोदी सरकारले ८ नोभेम्बर २०१६ मा ५०० र १००० को नोट बन्द गरेको थियो । त्यतिबेलादेखि बैंकले महात्मा गान्धी सिरिजको नयाँ नोट प्रकाशन गर्दै आएको थियो । नयाँ नोटको आकार बिल्ुक फरक रहेको छ ।

केन्द्रीय बैंकले अब १०, ५०, १००, २००,५०० र २००० को नोट मात्रै प्रकाशनमा ल्याउने भएको छ ।

बैंककाअनुसार मार्च २०१८ देखि देश भर २० रुपैयाँको १० अर्ब नोट प्रचलनमा रहेको थियो । त्यसलाई अब परिवर्तन गरेर महात्मा गान्धी सिरिजको नयाँ नोट प्रकाशनमा ल्याउन लागिएको हो ।


पुष्प दुलाल