सञ्चय कोषले गैरकानूनी ढंगले काठमाडौ मल खाली गर भन्यो (भिडियोसहित)



काठमाडौ । कर्मचारी सञ्चय कोषले काठमाडौं मल खाली गर्न भन्दै सार्वजानिक सूचना जारी गरेपछि ब्यवसायीहरु आक्रोशित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठले काठमाडौ मल खाली गर्नू भनेर सूचना प्रकाशित गरी सञ्चय कोषले गैरकानूनी काम गरेको बताएका छन् ।

अध्यक्ष श्रेष्ठले नेपाल उद्योग बाणिज्य महासंघ, व्यापार संघ लगायत संस्थाहरु व्यवसायीका हक अधिकार सुनिश्चित गर्न सधै तयार रहेको बताए ।

‘सञ्चय कोषको जमिन पहिला जनताकै थियो, पछि सञ्चय कोषलाई दिइएको हो, तेस्रो पक्षलाई बहालमा राखेपछि उनीहरुलाई उठाउनु वा छोड्न सुचना दिनु गैरकानुनी काम हो,’ उनले भने ।


नेपालको संविधानमै व्यवसायीहरुलाई ३३ किसीमका अधिकार दिएको उल्लेख गर्दै व्यवसायीहरुलाई कानूनी उपचार खोज्न आग्रह गरे ।
उनले नेपालमा बहाल कानुन तुरुन्त ल्याउनु पर्ने माग समेत गरे ।

‘बहाल कर संसदमा पेश भएको थियो तर छलफल भएको छैन । यो हिउँदे अधिबेशनले यो कानुन पारित गरेर कार्यान्वयन गरियोस्,’ उनले भने ।

नेपालमा निजी क्षेत्रलाई सहज रुपमा काम गरेर खान कानुनको अभाव भएको उनले गुनासो गरे ।


पुष्प दुलाल