भोजपुरमा एनआईसी एशिया बैंकको नयाँ शाखा
काठमाण्डौ । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय रामप्रसादराई गाउँपालिका वडा नं ६, भोजपुरमा उद्घाटन भएको छ ।
सो शाखाको रामप्रसादराई गाउँपालिका प्रमुख विजय राईले उद्घाटन गरेका हुन् ।
बैंकको वासलातको आकार २१२ अर्ब भन्दा बढि पुगी सकेको छ । निक्षेप करिब १६९ अर्ब तथा कर्जा १४५ अर्ब पुगी सकेको बैंकले जनाएको छ ।