रुपन्देही योगीकुटीमा गरिमा विकास बैंकको नयाँ शाखा
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको योगीकुटी शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।
शाखा कार्यालयको उद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले गरेका हुन् । विकास बैंकको हाल रुपन्देही जिल्लामा मात्रै ६ वटा शाखा कार्यालय संचालनमा रहेका छन् ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन् ।