रुपन्देहीको सैनामैनामा कैलाश विकास बैंकको ७७ औं शाखा



काठमाण्डौ । कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ६, रामापुरमा ७७ औँ शाखा स्थापना गरेको छ ।

सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले उक्त शाखाको पुस ५ गते एक समारोहका बीच शुभारम्भ गरे ।

बैंकले निकट भविष्यमा महोत्तरी जिल्लाको गौशाला, रौतहट जिल्लाको शिवनगर, रुपन्देही जिल्लाको होराइजनचोक बुटवल, काभ्रेपलाञ्चोक जिल्लाको बनेपा तथा अन्य विभिन्न ठाँउहरुमा २० भन्दा बढी शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी २ अर्व ५२ करोड रहेको छ । संस्थाले हाल सम्म २४ अर्व ५२ करोड निक्षेप संकलन गरी २२ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।


क्लिकमान्डु