ब्याजदर बृद्धिले ३० अर्ब रुपैयाँको निक्षेप हेरेफेर, वाणिज्य बैंकले नघटाए विकास बैंकले आइतबारदेखि ब्याजदर बढाउने



काठमाडौं । नेपाल बैकर्स संघले निक्षेप दिने भद्र सहमतिलाई हटाउने निर्णय गरेसँगै ३० अर्ब रुपैयाँको निक्षेप बैंकहरुबाट हेरेफेर भएको छ ।

बैंकिङ प्रणालीमा १७ अर्ब रुपैयाँको निक्षेप ब्याजदर बृद्धि खेलपछि थपिएको राष्ट्र बैंकले जनाएको छ ।

बैकर्स संघले व्यक्तिगत निक्षेपमा भद्र सहमति हटाउने निर्णयसँगै जनता,कुमारी,सेन्चुरी बैंकले ब्याजदर बढाएका थिए । त्यतीबेलसम्मपनि बैकिङ क्षेत्रमा ब्याजदर बृद्धिको ठूलो असर परेको थिएन । जब हिमालयन र नबिल बैंकनै ब्याजदरको बृद्धिको प्रतिस्पर्धामा लागे त्यसपछि बैंकहरुबीच खैलाबैला मच्चिएको छ ।

‘ब्याजदर बढाउने प्रतिस्पर्धामा लागेका बैंकले ३० अर्बजति निक्षेप बैकिङ प्रणालीबाट तानेका छन्,नयाँ निक्षेप थपिएको होइन भएको निक्षेप एउटाबाट अर्कोमा सरेको हो,’एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।

ठूला वाणिज्य बैंकले साढे १३ प्रतिशतसम्म ब्याजदर दिएपछि त्यसको प्रभाव विकास बैंकमा स्वभाविक पर्ने भयो । डेभलपमेन्ट बैकर्स एशोसियनले शुक्रबारसम्म फर्कने निर्णय गरेको छ ।

शुक्रबारसम्म बैकर्स संघले भद्र सहमति नगरे १५ प्रतिशत ब्याजदरमा विकास बैंकले निक्षेप तान्ने योजना सार्वजनिक गर्ने छन् ।

‘राष्ट्र बैंकको पहलले ब्याजदर घट्छ भन्ने हाम्रो अनुमान हो,अहिलेसम्म फर्केर बसेका छौ शुक्रबारसम्म अहिलेको अवस्था रहेमा १५ प्रतिशत ब्याजदरमा निक्षेप लिने हो,’एक विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।


क्लिकमान्डु