यो कुन वाणिज्य बैंक होला जसले माग्यो सीइओको सार्वजनिक आवेदन



काठमाडौ । एउटा वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदको आवेदन मागेको छ । आइतबार प्रकाशित भएका राष्ट्रिय दैनिकमा सिइओको आवेदन माग गरिएको हो ।

तर, आवेदनमा बैंकको नाम खुलाइएको छैन । अहिले संचालनमा रहेका २८ वटा वाणिज्य बैंकमा एनआईसी एशिया बैंकमा मात्र कामु कार्यकारी अधिकृत छन् । २७ वटा वाणिज्य बैंकमा सिइओ पद खाली छैन । केही बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल भने सकिने क्रममा छ ।

आइतबार पत्रिकामा प्रकाशित भ्याकेन्सीमा बैंक तथा वित्तीय संस्थामा काम गरेको १० वर्षको अनुभव भएको अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातोत्तर तह उतिर्ण भएको र ब्याचलर पास गरेर चाटर्ड एकाउन्टेन्सले सो पदमा आवेदन दिन सक्ने छन् ।


पुष्प दुलाल