फर्निचर एक्स्पोको तयारी अन्तिम चरणमा, १०० भन्दा बढी ब्राण्डहरुको सहभागी हुने



काठमाडौं । यही असोज ४ गतेदेखि काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने जेम फ्लोरिगंको प्रस्तुतिमा फर्निचर तथा फर्निसिङ एक्स्पो’ फर्नेक्स २०१८’ कोतयारी अन्तिम अवस्थामा पुगेको छ ।

एक्सपोमा ख्यातिप्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत् प्रदर्शनी हुनेछ । उक्त अवसरमा नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लियरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्री वितरण समेत हुने एक्स्पो संचालन हुने आयोजकको भनाई छ ।

एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरुलाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गरिनेछ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आर्कषण् ाहुने आयोजकले जानकारी गराएको छ । विगत वर्षका एक्स्पोको तुलनामा यस पटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने इभेण्ट सोलुसनले जनाएको छ ।

फर्नेक्स २०१८को टाइटल स्पोन्सर जेम फ्लोरिगं रहेको छ । एक्स्पोको मुख्य प्रायोज कसिमल डेकोर,यती फ्लोरिगं, ग्लेनर डिलाइटरहेका छन् । एक्स्पोको छैठौं संस्करण को व्यवस्थापक इभेण्ट सोलुसन प्रा.लि.रहेको छ भने यो एक्स्पोलाई नेपालउद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफकमर्श तथा नेपाल फर्निचर तथाफर्निसिग व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्रीप्रदर्शनीको मुख्यआकर्षण रहने छन् । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धितउत्पादनप्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।

मौलिकतथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादन बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्यहुने संघका अध्यक्ष राजेश अग्रवालले बताए । उनले नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै नेपाल फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर हुने बाटोमा रहेको जानकारी गराए ।

प्रदर्शनीमा फर्निचरको प्रदर्शनीमात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनिअ वलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाई छ । यसका अलावा फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

एक्स्पो व्यवस्थापन गरेको इभेण्ट सोलुसन प्रा.लि.काप्रबन्ध निर्देशक विजय सागर प्रधानले फरक शैलीमा एक्स्पोको छैठौं संस्करण आयोजना हुनलागेको बताए । फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मूख्यआकर्षण बन्न सक्ने उनको भनाई छ ।

असोज ४ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढीफर्निचर र फर्निसिङ सामग्रीका स्टल रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगतसन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।


पुष्प दुलाल