एयरलाइन्स बिजनेशमा आइएमइ समूहः सलाम एयर भित्र्यायो, सस्तो मूल्यमै जहाज चढ्न पाइने



काठमाडौं । सेवा व्यवसायमा स्थापित भएको व्यावसायिक घरानामा आइएमइ समूहले एयरलाइन्स बिजनेशमा पनि हात हालेको छ ।

आइएमइ समूहले ओमन एयरको १७४ सीट क्षमता भएको सलाम एयर नेपाल भित्र्याएको छ । मंगलबार बिहान ८ बजे सलाम एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अबतरण हुने भएको छ ।

सलाम एयरको नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा आइएमइ समूह जोडिएको हो । आइएमइ समूहको टिकट व्यवस्थापनमा सलाम एयरले दैनिक उठान भर्नेछ । १० अन्तर्राष्ट्रिय र ३ आन्तरिक उडान भर्नेछ ।

एयर एशियाको जीएसए बन्द भएको अवस्थामा आइएमइ समूहले सलाम एयरको बजेट एयरलाइन्स भत्र्यिाएको हो ।

‘मंगलबारदेखि नै सलाम एयरले उडान भर्नेछ,’  आइएमइ समूहका अध्यक्ष चन्द्र ढकालले क्लिकमाण्डूसँग भने । आइएमइ समूह पहिलोपटक एयरलाइनस बिजनेशमा प्रवेस गरेको हो ।

ओमन एयरको प्रवद्र्धनमा सञ्चालित सलाम एयरको नेपालका लागि आइएमइ इन्टरनेशनल ट्राभल प्रालिले जनरल सेल्स एजेन्ट (जीएसए) लिएको हो ।

सलाम एयरबाट मंगलबार यात्रा गर्ने यात्रुहरुले चन्द्रागिरि केबलकार चढ्दा ५० प्रतिशत छुट पाउने र त्यसपछिका दिनमा २५ प्रतिशत छुट पाउने जनजसम्पर्क मामिला प्रमुख राजु पौडेलले जानकारी दिए ।

आइएमइ रेमिट्यान्स स्थापित कम्पनी हो । रेमिटयान्समार्फत् आइएमइ समूह बैदेशिक रोजगारीमा रहेकामध्ये अधिकांससँग जोडिएको छ । यसरी बैदेशिक रोजगारीमा जाने आउनेलाई लक्षित गर्दै आइएमइले बजेट एयरलाइन्स भित्र्याएको हो ।

एयर एशियाको जीएसए बन्द भएको अवस्थामा आइएमइ समूहले सलाम एयरको बजेट एयरलाइन्स भत्र्यिाएको हो ।

यो बजेट एयरलाइन्स भित्रिएसँगै खासगरी बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई राहत मिलेको आइएमइ समूहले जनाएको छ ।

‘यो बजेट एयरलाइन्स भएकाले बैदेशिक रोजगारीमा जाने नेपालीहरुलले सस्तो मूल्यमै जहाज चढेर यात्रा गर्न पाउनेछन्,’ अध्यक्ष ढकालले भने, ‘त्यसबाहेक यसले नेपालको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने र सरकारको २०२० सम्मको पर्टयक पर्यटक भित्र्याउन जुन लक्ष्य छ, त्यो लक्ष्य भेट्टाउन मद्दत गर्नेछ ।’


पुष्प दुलाल