सरकारले कर बढाएपछि महंगीले आकाश छोयो, केमा कति मूल्य बढ्यो ? (सूचीसहित)



काठमाण्डौ । देशभर करको कहर चलेको छ, अचेल । ३ वटै तहका सरकारले करको दायरामात्रै होइन कर शुल्कमा पनि बृद्धि गरेपछि जनस्तरबाट सरकारले जथाभावी कर बढाएको भन्दै ब्यापक आलोचना भइरहेको छ ।

सरकारले बृद्धि गरेको करको प्रत्यक्ष असर दैनिक उपभोग्य सामाग्रीमा परेपछि कम्युनिष्ट सरकारप्रति सर्वसाधारणा आक्रोशित भएका हुन् ।

विभिन्न तहमा कर लगाइन थालेपछि उपभोग्य सामाग्रीको मूल्य अकाशिएको छ । जसले जनताका लागि संघीयता निकै महंगो सावित भएको देखिन्छ ।

करको दर बढाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले गत जेठ १५ गते बजेट सार्वजनिक गरेपछि दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्न शुरु गरेको थियो । त्यसपछि असारमा स्थानीय तहले पनि बजेट सार्वजनिक गरे, त्यसपछि दैनिक उपभोग्य सामाग्रीको मूल्य थप बढेको छ । ४ महिना मै दैनिक उपभोग्य सामाग्रीको मूल्य दुईपटक बढेको छ ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रकुमार बज्राचार्यका अनुसार विभिन्न तहका सरकारले कर बढाएका कारण खाद्य सामाग्रीको मूल्य बढेको हो । बज्राचार्यका अनुसार केही समय अगाडिसम्म बजारमा स्टकमा रहेको सामान थियो । अब स्टकमा रहेको सामान सकिएको छ । नयाँ सामानको मूल्य बढेर आएको छ ।

उपभोग्य सामाग्रीमा १०० रुपैयाँसम्म मूल्य बृद्धि भएको पाइएको छ । चामलमा प्रतिकिलो १० रुपैयाँसम्म मूल्य बृद्धि भएको छ । अध्यक्ष बज्राचार्यका अनुसार भारतबाट आयात हुने चामलमा धेरै मूल्य बढेको छ ।

केमा कति मूल्य बढ्यो ?

चामल, दाल र चिउरामा ४० रुपैयाँसम्म मूल्य बढेको छ । एक महिना अगाडिसम्म १ सय २० रुपैयाँ प्रतिकिलो पर्ने चामल अहिले १ सय ४० रुपैयाँ प्रतिकिलो पुगेको छ । त्यस्तै मुग, मास तथा मसुरको दालमा २० रुपैयाँसम्म मूल्य बढेको छ ।

त्यस्तै, तेलमा पनि ४० रुपैयाँसम्म मूल्य बढेको छ । संघीय सरकारले आयात हुने सामाग्रीमा कर बढाएको छ भने स्थानीय तहले स्थानीय तहमै उत्पादन हुने सामाग्रीमापनि कर लगाएपछि मूल्य बढेको हो ।

दुई महिना अगाडीको उपभोग्य सामाग्रीको मूल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।

जिरा, धनिया, खुर्सानी, चिनी लगायतका सामाग्रीमापनि ५० रुपैयाँसम्म मूल्य बढेको छ । सिमी, चना लगायतका गेडागुडीमापनि २० रुपैयाँसम्म मूल्य बढेको छ ।

मैदा, आटा र सुजीमा प्रतिकिलो ५ रुपैयाँ मूल्य बढेको छ । बेसन, मस्यौरामा १ सय १० रुपैयाँसम्म मूल्य बढेको छ ।

बढेको मूल्य सूची यस्तो छ 

-सोना मन्सुली चामल ५५ रुपैयाँबाट ६५ रुपैयाँ प्रतिकिलो ।

-वास्मती चामल १ सय २० रुपैयाँबाट १ सय ४० रुपैयाँ प्रतिकिलो ।

-ताईचिन चिउरा १ सय २० रुपैयाँबाट १ सय ३० रुपैयाँ प्रतिकिलो ।

-मासको दाल ९० रुपैयाँबाट १ सय १० रुपैयाँ प्रतिकिलो ।

-मुङको दाल १ सय २० रुपैयाँबाट १ सय ४० रुपैयाँ प्रतिकिलो ।

-मुसुर ९० रुपैयाँबाट १ सय रुपैयाँ प्रतिकिलो ।

-रहर दाल १ सय रुपैयाँबाट १ सय १० रुपैयाँ प्रतिकिलो ।

-तोरीको तेल २ सय २० रुपैयाँबाट २ सय ६० रुपैयाँ प्रतिलिटर ।

-भटमासको तेल १ सय ३० रुपैयाँबाट १ सय ३५ रुपैयाँ प्रतिलिटर ।

-सनफ्ल्वार तेल १ सय ३५ रुपैयाँबाट १ सय ४० रुपैयाँ प्रतिलिटर ।

-डाल्डा घिउ १ सय ३० रुपैयाँबाट १ सय ३५ रुपैयाँ प्रतिलिटर ।

-हरियो केराउ ७५ रुपैयाँबाट ८० रुपैयाँ प्रतिकिलो ।

-चिनी ७० रुपैयाँबाट ७५ रुपैयाँ प्रतिकिलो ।

-चना प्रतिकिलो १ सय ४० रुपैयाँबाट १ सय ५० रुपैयाँ प्रतिकिलो ।

-हरियो केराउ ७५ बाट ८० रुपैयाँ प्रतिकिलो ।

-बोडी ९० रुपैयाँबाट १ सय रुपैयाँ प्रतिकिलो ।

-बेसार पाउडर २ सय ५० रुपैयाँबाट ३ सय रुपैयाँ प्रतिकिलो ।

-धनिया पाउडर २ सय रुपैयाँबाट २ सय ५० रुपैयाँ प्रतिकिलो ।

-बेसन १ सय ५० रुपैयाँबाट २ सय ६० रुपैयाँ प्रतिकिलो ।

-मस्यौरा ९० रुपैयाँबाट १ सय रुपैयाँ प्रतिकिलो ।

-जिरा पाउडर ४ सय ५० रुपैयाँबाट ५ सय रुपैयाँ प्रतिकिलो ।


पुष्प दुलाल