एक महिनामै दाल, चामल र चिउरामा प्रतिकेजी १० रुपैयाँ मूल्य बढ्यो




काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको लागि बजेट ल्याएसँगै महंगी बढेको छ । सरकारले बजेट मार्फत कर बढाएकोले महंगी बढेको तर्क ब्यवसायीको छ भने महंगीकै कारण सर्बसाधारणको दैनिक जीबनयापन कष्टपूर्ण बनेको छ ।

दैनिक उपभोग्य सामाग्री चामल, दाल र तरकारीमा अत्याधिक मूल्य बृद्धी भएको छ । एक महिना अगाडि प्रतिकिलो ४७ रुपैयाँमा पाइने सोना मन्सुली चामलको मूल्य अहिले ५५ रुपैयाँ पुगेको छ ।

जिरा मसिनो चामालको मूल्यपनि ६७ रुपैयाँ प्रतिकिलोबाट बढेर ७५ रुपैयाँ प्रतिकिलो पुगेको छ । पोखरेली चामलको मूल्य एक महिना मै ५ रुपैयाँ बृद्धी भएको छ । जेठमा ७५ रुपैयाँ प्रतिकिलो रहेको चामल अहिले ८० रुपैयाँ पुगेको छ ।

सबै प्रकारका चामलमा प्रतिकेजी ५ देखि १० रुपैयाँ बृद्धी भएको छ ।

चिउरा, दाल लगायतका सामाग्रीमा पनि मूल्य बृद्धी भएको छ । मासको दालमा एक महिना मै प्रतिकेजी १० रुपैयाँ मूल्य बढेको छ । एक महिना अगाडि मासको दाल १ सय रुपैयाँ प्रतिकिलो रहेको थियो भने अहिले प्रतिकिलो १ सय १० रुपैयाँ तिर्नुपर्छ ।

चिउराको मूल्य पनि एक महिनामा प्रतिकेजी १० रुपैयाँ बृद्धी भएको छ । ताईचिन चिउराको मूल्य प्रतिकेजी ६० रुपैयाँबाट बढेर ७० रुपैयाँ पुगेको छ ।

भटमासको तेलमा पनि एक महिनाको अवधिमा प्रतिलिटर १५ रुपैयाँ बृद्धी भएर १ सय ३० रुपैयाँ प्रतिलिटर पुगेको छ । जेठमा भटमासको तेलको मूल्य १ सय १५ रुपैयाँ प्रतिलिटर रहेको थियो ।

नेपाली घिउमा प्रतिकिलो ५० रुपैयाँ बृद्धी भएको छ । एक महिना अगाडि सम्म ७ सय रुपैयाँ पर्ने घिउलाई अहिले ७ सय ५० रुपैयाँ तिर्नुपर्छ ।

कुन सामाग्रीमा कति मूल्य बढ्यो ?
सोना मन्सुली चामल ४७ रुपैयाँबाट ५५ रुपैयाँ प्रतिकिलो ।
पोखरेली चामल ७५ रुपैयाँबाट ८० रुपैयाँ प्रतिकिलो ।
जिरा मसिनो ७० रुपैयाँबाट ७५ रुपैयाँ प्रतिकिलो ।
सोना चामल ५५ रुपैयाँबाट ६० रुपैयाँ प्रतिकिलो ।
ताईचिन चिउरा ६० रुपैयाँबाट ७० रुपैयाँ प्रतिकिलो ।
मासको दाल १ सय रुपैयाँबाट १ सय १० रुपैयाँ प्रतिकिलो ।
मुंगको दाल १ सय ४० रुपैयाँबाट १ सय ५० रुपैयाँ प्रतिकिलो ।
मुंगको दाल दुई नम्बरी १ सय २० रुपैयाँबाट बाट १ सय २५ रुपैयाँ प्रतिकिलो ।
भटमासको तेल १ सय १५ रुपैयाँबाट १ सय ३० रुपैयाँ प्रतिलिटर ।
डाल्डा घिउ १ सय २५ रुपैयाँबाट १ सय ३० रुपैयाँ प्रतिलिटर ।
नेपाली घिउ ७ सय रुपैयाँबाट ७ सय ५० रुपैयाँ प्रतिकिलो ।
भटमास १ सय ८० रुपैयाँबाट २ सय ६० रुपैयाँ प्रतिकिलो ।
हरियो केराउ ७० रुपैयाँबाट ७५ रुपैयाँ प्रतिकिलो ।
तिल २ सय ५० रुपैयाँबाट ३ सय रुपैयाँ प्रतिकिलो ।
कोदो ७० रुपैयाँबाट ७५ रुपैयाँ प्रतिकिलो ।
चामलको पिठो ५० रुपैयाँबा बाट ६० रुपैयाँ प्रतिकिलो ।
श्रोत: नेपाल खुद्रा ब्यापार संघ र बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

कुन तरकारीमा कति बढ्यो ?
गोलभेंडाको मूल्य ४५ रुपैयाँबाट ५५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
रातो आलुको मूल्य ४३ रुपैयाँबाट ५३ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
प्याजको मूल्य ४० रुपैयाँबाट ५३ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
गाजरको मूल्य ५५ रुपैयाँबाट १ सय १५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
काउलीको मूल्य ४५ रुपैयाँबाट ६५ रुपैयाँ प्रतिकिलो पुगको छ ।
हरियो खुर्सानीको मूल्य ५५ रुपैयाँबाट १ सय १५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
हरियो फर्सीको मूल्य ३५ रुपैयाँबाट ४५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
बोडीको मूल्य ४५ रुपैयाँबाट ६५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
बन्दाको मूल्य ३५ रुपैयाँबाट बढेर ६५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
श्रोत: कालीमाटी तरकारी तथा फलफूल बजार विकास समिति


क्लिकमान्डु