विकास बैंक संघका अध्यक्ष भन्छन्- मौद्रिक नीति राम्रो छ
काठमाडौं । विकास बैंक संघका अध्यक्ष गोबिन्द ढकालले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति अत्यन्तै राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार क्लिककाण्डूसँग कुरा गर्दै ढकालले भने- ‘यो मौद्रिक नीतिमा वित्तीय क्षेत्रका लागि सबै कुरा राम्रा छन् ।’
गरिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनले मौद्रिक नीतिले कर्जाको ब्याजदर घटाउने र त्यसले अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने बताए ।
‘हामीले उठाएका विषयहरु केही समेटिए, केही समेटिएनन्,’ उनले भने, ‘अहिले नसमेटिएका विषयहरु पछि सर्कुलरमार्फत् समेटिन्छन् भन्ने अपेक्षा छ ।’
सीआरआर र एसएलआर घटाउँमा बजारमा अर्बौं रकम बाहिर आउने र विदेशी मुद्रांमा ऋण ल्याउँदा हेजिङ गरिदिने व्यवस्थाले बजारमा तरलता बढाउने उनको भनाइ थियो ।
‘राष्ट्र बैंकले तरलता व्यवस्थापनमा ध्यान दिँदै सन्तुलित मौद्रिक नीति ल्याएको छ,’ उनले भने ।
क्षेत्रीयस्तरका विकास बैंकहरुको पुँजी बढेपछि कार्यक्षेत्र पनि बढाउनु पर्ने आफूहरुको माग सम्बोधन नभएमा भने ढकालले दुख ब्यक्त गरे ।