‘नेपाल एयरलाइन्सले सन् २०२० सम्म थप १० नयाँ जहाज किन्ने’



काठमाडौं । राष्ट्रिय ध्यावबाहक नेपाल एयरलाइन्स (नेवानी)ले सन् २०२० भित्र नै थप १० वटा नयाँ जहाज खरिद गर्ने भएको छ ।

नेवानिले ‘भिजिट नेपाल २०२०’ लागि लक्षित गर्दै थप १० वटा जहाज किने भएको छ ।

नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार २०१९ को अन्त्यसम्ममा दुई वटा न्यारोबडी (एयरबस) नेपाल भित्र्याउने बताए ।

योसँगै दुर्गम तथा पहाडि क्षेत्रको विमानस्थलमा उडान भर्नसम्ने ६ वटा ट्विनटर र तराईका विमानस्थलमा उडान गर्ने ७० सिट क्षमताको जहाज पनि सन् २०२० भित्र नै ल्याउने तयारी भएको कंसाकारले बताए ।

दुर्गम तथा पहाडि क्षेत्रमा उडान गर्न भनेर खरिद गरिएको वाई १२ जहाजले सोही अनुसार उडान गर्न नसक्ने अवस्था आएपचि फेरि नयाँ जहाज खरिद गर्न तयारी भएको उनले बताए ।

नेवानिको अहिले आन्तरिक उडानको बजार हिस्सा ३ प्रतिशत मात्रै छ । यसलाई सुधार गर्दै सेवा विस्तार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालन गरेको सबै विमानस्थलमा उडान गर्ने समेत उनले बताए ।

नेवानिले अब दुई जना यात्रु भएपनि सबै विमानस्थलमा सातामा एउटा उडान भएपनि नियमित उडान गर्ने उनको भनाइ छ । जहाज खरिलदका लागि आवश्यक रकमको विषयका सञ्चय कोषसँग कुरा भइरहेको उनको भनाइ छ ।

नयाँ जहाज खरिदसँगै नेवानिले पुराना तीन वटा जहाज पनि लिलामीमा बिक्री गर्ने बताए । नयाँ दुई वटा एयरबस खरिद र ट्विनटर जहाज खरिलको लागि नेवानिको सञ्चालक बोर्डबाट समेत स्वीकृत भइसकेको उनको भनाइ छ ।

नेवानिसँग रहेको दुई वटा बोइङ मध्ये एउटा १५ करोड रुपैयाँमा बिक्री भइसेका छ । अर्को बोइङ पनि बिक्रीको क्रममा छ । बोइङ विक्रीका लागि मूल्य निर्धाणर गर्न भन्दै नेवानिले परामर्शदाता समेत छनोट गरिसकेको कंसाकारले जानकारी दिए ।

बाँकी रहेको दुई वटा पुराना टिवनअटर जहाज पनि दुई वर्ष भित्रै बिक्री गर्नेगरी तयारी भएको उनले बताए । नेवानिसँग अब आउने बाँकी एउटा वाइडबडी जहाजसँगै १२ वटा साना–ठुलो जहाज हुन्छ ।

त्यसमा तीनवटा पुरानो जहाज बिmक्री गर्दै सन् २०२० भित्रै थप १० वटा जहाज थप्ने प्रक्रिाय सुरु भएको कंसाकारले जानकारी दिए ।

एयरबस खरिदमा १२ अर्ब रुपैयाँ लाग्ने कंसाकारको भनाइ छ । यसैगरी सना जहाज खरिद गर्न पनि ४ अर्ब रुपैयाँ लाग्छ । रकम व्यवस्थापनका लागि सञ्चय कोषसँग कुराकानी भएको उनको छ ।

नयाँ दुई वटै वाइडबडी जहाज मार्फत नियमित उडान सुचारु भएको केही समय लगतै नेवानिले पर्यटकीय खानी देशहरुका उडान गर्ने बताएका छन् । नेवानिको लक्ष्य जापान, कोरिया, साउदी अरब, युरोपा अमेरिका तथा चीन र भारत हो ।

तर, तेस्रो वाइडबडी हजाज खरिद नहुँदासम्म भने नेवानिले युरोप तथा अमेरिका उडान गर्न नसक्ने कंसारकार बताउँछन् ।

तेस्रो वाइडबडी जहाज नआउँदा सम्म भने नेवानिले जापान, कोरिया तथा साउदीमा थप उडान गर्ने उनको भनाइ छ । दुई वटा वाइडबडी, दुर्य वटा एयर बस र बोइङ अब ११ गन्तव्यमा उडान गर्ने उनको भनाइ छ ।


पुष्प दुलाल