साउदीबाट आइएमई गर्दा हवाई टिकट सित्तैमा



काठमाडौं । साउदीस्थित फौरीबाट नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । साउदीबाट नेपाल आइएमईमार्फत पैसा पठाउनेले निःशुल्क प्लेन टिकट प्राप्त गर्न सक्नेछन् ।

तर, त्यसका लागि ५ जुलाईबाट देखि ३० सेप्टेम्बर २०१८ सम्म आइएमइमार्फत् पैसा पठाउनुपर्ने हुन्छ ।

यो योजना अन्तर्गत योजना अवधिभर ‘लक्की ड्र’बाट छनोट हुने विजेताहरू मध्ये हरेक दिन ५ जनालाई एक÷एक आकर्षक टिसर्ट, हरेक हप्ता एक जनालाई ३२ इन्चको एलईडी टेलिभिजन र १ जनालाई साउदीबाट नेपालसम्मको यात्राको लागिहवाई टिकट प्रदान गरिने आइएमइले जनाएको छ ।

यो योजना अन्तर्गत साउदीबाट नेपालमा आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरुको ट्रान्जेक्सन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छनोट गरिने कम्पनीका जनसम्पर्क अधिकृत राजु पौडेलले जानकारी दिए ।

पुरस्कार ग्रहण गर्नको लागि पैसा पठाउँदा प्राप्तभएको रिसिप्ट साथमै लिएर आउनु पर्नेछ भने आइएमईमा कार्यरत कर्मचारी, संचालक र व्यावसयिक साझेदार यो योजनामा सहभागी हुन पाउने छैनन् । योजनाको सर्वाधिकार कम्पनीमा निहित हुनेछ । यस सम्बन्धी विस्तृत जानकारी कम्पनीको आधिकारी वेबसाइट र सामाजिक संजालमा उपलब्ध हुनेछ ।


पुष्प दुलाल