अब नेपालली जहाजले जापानमा सातामै १४ वटा उडान भर्न पाउने



काठमाडौं । नेपाली जहाजले जापानको हानेदा बिमानस्थल बाहेक सबै बिमानस्थलमा साताको १४ वटा उडान भर्न पाउने भएका छन् ।

यसअघि सन् १९९३ को हवाइ सम्झौताअनुसार नेपाली जहाजले जापानको लाओस बिमानस्थलमा सातामा २ वटा उडाउन पाउँथे । त्यसमा पनि बोइङ ७२७ र ७५७ मात्रै उडाउन गर्न पाउने समहमति थियो ।

सोमबार नेपाल सरकार र जापान सरकारका प्रतिनिधिबीच जापानमा सातामै १४ वटा उडान भर्न पाउने सम्झौता भएको छ ।

सम्झौताअनुसार अब नेपालले सबै प्रकारका बिमान जापान उडान गर्न पाउने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।


पुष्प दुलाल