भिजिट नेपाल २०२०’ को लोगो सार्वजनिक



काठामाडौ । सरकारले वार्षिक २० लाख पर्यटन भित्र्याउने लक्ष्यलागि साकार पार्न ‘भिजिट नेपाल २०२०’ को लोगो सार्वजनिक गरेको छ ।

संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको संयोजकत्वमा रहेको अभियान मूल समारोह समितिले लोगो सार्वजनिक गरेका हुन् ।

मूल समारोह समतिले विभिन्न समूहबाट आएकोलोगोहरु मध्ये सबैभन्दा उत्कृष्ट र नेपालको पहिचान दिनेसक्ने लागो सार्वजनिक गरिएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । सरकारले सन् २०२० भित्र २० लाख पर्यटक ल्याउने लक्ष्य सहित लोगो सार्वजनिक गरेको हो ।

सन् २०१७ मा नेपाल भ्रमण आउने पर्यटकको संख्या १० लाख छ । सरकारले आगामी वर्ष पर्यटकको आगमन १२ लाख पुर्याउने र अर्को वर्ष भने पर्यटक आगमन २० लाख पुर्याउने लक्ष्य सहित भिजिट नेपाल अभियान सञ्चालन गर्न लागेको हो ।

मन्त्रीको संयोजकत्वमा बनेको मूस्ल आयोजक समिति मातहातमा अन्य कार्यमुलक समितिहरु बन्ने र तिनले आवस्यक अन्य काम गर्ने छन् ।

पूर्वाधार निर्माण, प्रचारप्रसार र नीतिगत सुधारका कामममा सरकारले चरबद्ध गर्दै जाने बताएको छ ।


पुष्प दुलाल