एक महिनाका लागि सवारी लाइसेन्स बन्द, कहाँ-कहाँ बन्द हुन्छ ? (सूचिसहित)



काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिँदै आएको अनलाइन आवेदन फारम बन्द गराएको छ ।

विभागले एक सूचना प्रकाशन गरेर अनलाइन आवेदन फारम असार मसान्तसम्मका लागि बन्द गराएको जानकारी गराएको छ ।

विभागले आर्थिक वर्षको अन्त्यमा रि–ट्रायल सम्बन्धित काम सम्पन्न गर्नुपर्ने र राजस्वको हिसाब मिलान गर्नुपर्ने भन्दै अनलाइन आवेदन बन्द गराएको जानकारी गराएको छ ।

असार महिनामा अनलाइन आवेदन लिने, लिखत तथा प्रयोगात्मक परीक्षा गर्न नसकिने भएको भन्दै असार महिना भरी अनलाइन आवेदन नलिने भएको छ ।

साथै असार महिनामा अनलाइन आवेदन दिएका फम समेत सबै रद्द गर्ने विभागको निर्णय छ ।

यसैगरी रि-ट्रायल लिने परीक्षार्थीले पनि असार १५ गते भित्र लिइसक्ने व्यवस्था गर्न विभागले कोशी, एकान्तकुना, नारायणी, लुक्बिनी, गन्डकी, चावहिल, जगाती, ठूलो भर्याङको यातायात कार्यालयलाई पत्र पठाएको छ ।


पुष्प दुलाल