एयर एशियाले ११ करोड बक्यौता तिर्यो



काठमाडौं । मलेसियान निजी हवाई सेवा प्रदायक एयर एसियाले नेपाल नागरिक उडड्यन प्राधिकरण विमानस्थल कार्यालयलाई दुई किस्तामा गरी झन्डै पौने ११ करोड रुपैयाँ बक्यौता तिरेको छ ।

एयर एसियाले विमानस्थल कार्यालयलाई बुझाउन पर्ने विमानस्थल पार्किङ, यात्रु सेवा शूल्य र विमानस्थल विकास शरुल्यको वापत लामा समयदेखि नबुझाएको बक्यौता रकम मध्ये अप्रिलमा ५ करोड २० लाख र मे महिना ५ करोड पचास लाख रुपैयाँ तिरेको छ ।

विमानस्थल कार्यालयका प्रमखु राजकुमार क्षेत्रीका अनुसार एयर एसियाले विमानस्थल कार्यालयलाई बुझाउन पर्ने २७ करोड १२ लाख २५ हजार रुपैयाँ र विलम्व शूल्य १३ करोड ६७ लाख २४ हजार गरी झन्डै ४१ करोड रुपैयाँ छ ।

जसमा एयर एसियाले सम्झौता अनुसार अप्रिल र मे महिनाको किस्ता बुझाएको छ । अब एयर एसियाले विमानस्थल कार्यालयलाई ३० करोड रुपैयाँ बुझान बाँकी छ ।

फेरि रकम बुझाउन ढिला गरेपछि कार्यालयले एयर एसियाको मलेसिया अफिसमापत्र पठाएको छ । समयमा रकम दाखिला नभए उडान बन्द गराइने क्षेत्री बताउँछन् ।


पुष्प दुलाल