प्रर्यटन प्रवर्द्धनका लागि हिमालयन ट्राभल मार्ट सुरु



काठमाडौं । नेपाललाई हिमालाय प्रवेशद्वारको रुपमा चिनाउने गरी हिमालयन ट्राभल मार्ट २०१८ सुरु भएको छ । काठमाडौंको सोल्टी होटलामा सुरु भएको हिमालय ट्राभल मार्ट कन्फेरेन्स परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरे ।

मार्टका आयोजक नेपाल पर्यटन बोर्ड रहेको छ । मार्टमा विश्व ठुला टुर अपरेटरहरुको सहभागीता छ । शुक्रबारदेखि सुरु भएको विश्वका ठुला टुर अपरेटरहरुको सम्मेलन हिमालयन ट्राभल मार्ट ३ दिनसम्म चल्ने छ ।

सम्मेलनमा ३७ देशका एक सय ६० विदेशी डेलिकेट्स, १७ जना प्रतिनिधि, ५४जना बल्गर, सेल्र र वायर सहित २२७ जनाको सहभागी रहेको छ । समेलनमा ५५ वटा स्टल रहेको छ ।

हिमाली भेग भएका मुलुकहरूको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको यो मार्ट नेपालको ब्रान्ड हुनुपर्ने परराष्ट्र मन्त्री ज्ञवालीको भनाइ छ । आगामी दुई वर्ष भित्र नेपाल आउने पर्यटकको संख्या २० लाख पु¥याउने लक्ष्यमा मार्टको पनि ठूलो भूमिका रहने उनको भनाइ छ ।

मार्टको प्रमुख उदेश्य नेपाललाई हिमालको प्रवेशद्वारका रूपमा चिनाउनु रहेको बोर्डको कार्यकारी निर्देशक दीपक राज जोशीले बताए ।

‘ब्लगमार्फत पर्यटन क्षेत्रको बजारीकरण गरिनु आजको दिनको आवश्यकता रहेको जोशी बताउँछन् ।


पुष्प दुलाल