मोटरसाइकल किन्दै हुनुहुन्छ ? मुल्य होइन, यी कुरामा बढी ध्यान दिनुस्



काठमाडौं । सार्वजनिक यातायातको क्षेत्रमा बढ्दो अस्तव्यस्त र शहरी क्षेत्रमा बढ्दो जामका कारण मोटरसाइकल खरिद गर्नेको संख्या बढ्दो छ ।

तर, मोटरसाइकल खरिद कर्ताले सबैभन्दा बढी मुल्यका ध्यान दिन्छन् । मोटरसाइकल खरिदमा मुल्यभन्दा पनि सुरक्षाको विषयमा बढी ध्यान दिनुपर्छ ।

मुल्यसँगै मोटरसाइकल खरिद कर्ताले मोटरसाइकल खरिद गर्दा माइलेज र डिजाइन तथा त्यसको क्षमतामा बढी ध्यान दिने गरेका छन् । तर, मोटरसाइकल खरिद गर्दा ग्राहले सबैभन्दा बढी सुरक्षाको विषयउमा ध्यान दिनु जरुरी हुन्छ ।

मोटरसाइकलमा भएका विभिन्न सुरक्षा प्रणालीमध्ये सबैभन्दा बढी ध्यान दिनुपर्ने ब्रेक मा हो । बाइको सबैभन्दा बढी संवेदनशिल पार्ट भनेको बे्रक हो । ब्रेकका कारण नै मोटरसाइकल प्रयोग कर्ता सुरक्षित हुनसक्छन् ।

मोटरसाइकल खरिद गर्दा डिस्क ब्रेक र ड्रम ब्रेकमा ग्राहक कन्फ्यूजनमा पर्छन् । मोटरसाइकल बिक्रेताहरुले पनि ग्राहकसँग डिक्स ब्रेक रहेको बाइक भन्दै मन लोभाउन कोसिश गर्छन् ।

बिक्रेताले दुबै ब्रेकिङ भएका बाइकलाई उत्तिकै राम्रो भन्छन् । रकम सस्तो भएको अवस्थामा पनि डिक्स भन्दा ड्रम ब्रेक बाइक खरिद गर्न ग्राहक तयारी हुन्छन् ।

ठूलो रकम खर्चेर मोटरसाइकल खरिद गर्न तयार भएपछि केही रकम सस्तो भयो भन्दैमा सुरक्षामा सम्झौता नगर्न हो भने डिक्स ब्रेक बाइक खरिद गर्नु उचित हुन्छ । किन की मोटरसाइकल प्रयोग कर्ताको जीवन ब्रेकसँग जोडिएकाृ हुन्छ ।

डिस्क ब्रेकको तुलनामा ड्रम ब्रेक भएका बाइकहरु केही सस्तो समेत हुन्छन् । मिडियम रेञ्जका अधिकांश नयाँ मोटरसाइकलमा अगाडीको चक्कामा डिस्क ब्रेक राखिएको हुन्छ भने पछाडीको चक्कामा ड्रम ब्रेक राखिएको हुन्छ ।

महंगा बाइकमा मात्र अगाडी पछाडी दुबै पांग्रामा डिस्क ब्रेक राखिएको हुन्छ । मोटरसाइकल खरिद कर्ताले रकम केही बढी तिरेर भएपनि दुबै पट्टि डिक्स ब्रेक भएको बाइक किन उचित हुन्छ ।


पुष्प दुलाल