दुई वर्ष भित्र २० लाख पर्यटक ल्याउन भिजिट नेपाल अभियान चलाइने



काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले मंगलबार संसद्मा पेस गरेको बजेटमा आगामी दुई वर्षभित्र २० लाख विदेश पर्यटक ल्याउन महत्वकांक्षी योजना उल्लेख गरेको छन् । तर, मन्त्री खतिवडाले भने जस्तो दुई वर्ष भित्रै २० लाख पर्यटक ल्याउन पर्ने सहज छैन । सन् २०१७ मा करिब १० लाख पर्यटम नेपाल भ्रमणमा आएको थियो भने सन् २०१६ मा यो संख्या ८ लाख ५० हजार थियो । सरकारले दुई वर्ष भित्र ल्याउन भनेको पर्यटक संख्या पु¥याउन वार्षिक ३४ प्रतिशतको वृद्धिदर चाइन्छ । तर, अहिलेको संरचनाले त्यो सम्भव छैन । देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ कम्पनीलाई अनुमति दिन सक्ने अवस्थथा छैन । पर्यटक आउने प्रमुख बाटो नै हवाई मार्ग हो । खसरकारले ल्याएको बजेटमा पर्यटन प्रवद्र्धनका लागि पाँच अर्ब २० करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि कम्तीमा एक सय गन्तव्यको पहिचान गरी प्रचार गरिने बजेटमा छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘पहिले देश अनि विदेश’ अभियान सञ्चालन गरिने बजेटमा समावेश छ ।
यसैगरी पर्यटन सेवाको विविधीकरण गरिने र स्तरीय होटल तथा रिसोर्टलगायत पर्यटकीय सेवाका लागि पूर्वाधार निर्माणका बजेट विनियोजन गरिएको छ । यसैगरी नेपाललाई माइस टुरिजम केन्द्रका रूपमा विकास गर्ने बजेटमा उल्लेख छ। यसैगरी सरकारले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई मानित विश्वविद्यालयका रूपमा विकाग गर्न आवश्यक पूर्वाधार समेत तयारी गरिने बजेटमा समावेश गरेको छ ।


पुष्प दुलाल