हवाई क्षेत्र सुधारका लागि १९ अर्ब, कुन विमानस्थललाई कति बजेट ?



काठमाडौं । सरकारले मंगलबार संसदमा पेस गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा हवाई क्षेत्रलाई सुरक्षित र विश्वसनियताका लागि भन्दै १९ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बजेट विमानस्थलको सुधार तथा विकासमा प्राविधिक जनशक्तिको प्रयोग गर्दै उच्चतम फाइदा लिने गरी भनिएको छ ।् अर्थमन्त्री युवराज खतिवडाले पेस गरेको बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र विस्तारको काम समयमै सम्पन्न गर्ने उल्लेख छ ।

यसैगरी विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम भने अगाडि बढेको बढाउने बजेटमा उल्लेख छ । यसैगरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पनि यसै आगामी वर्षभित्र अगाडि बढाउने र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भने तीव्रता दिने भनिएको छ ।

यसैगरी ४ वर्षसम्म ४० प्रतिशत मात्रै काम भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थ निर्माण पनि यसै आगामी वषए भित्र सम्पन्न गर्ने बजेटमा उल्लेख छ ।

यसैगरी अर्थमन्त्री खतिवडाले संसद्मा पेस गरेको बजेटमा विराटनगर, जनकपुर, नेपागन्ज र धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गरी छिमेकी मुलुकमा उडान सुरु गर्ने उल्लेख गरेका छन् ।

यसैगरी देशको एक मात्रै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका बढ्दो हवाई चापको समस्या समाधानका लागि काभ्रेमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण अघि बढाइने र दाङमा बैकल्पिक अन्तरिक विमानस्थल निर्माण गर्ने भनिएका छ ।


पुष्प दुलाल