‘पहिला देश, अनिमात्रै विदेश’,  २ वर्षभित्र २० लाख पर्यटक भित्र्याउने सरकारको घोषणा



काठमाडौं । सरकारले पर्यटनलाई विशेष प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सन् आगामी २ वर्षभित्र २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गरे ।

त्यसका लागि सरकारले ‘भिजिट नेृपाल २०२०’ सञ्चालन गर्नेछ । सरकारले मुलुकभर १०० वटा पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन क्षेत्रको विकास गर्नेछ । पर्यटन क्षेत्रको विकासका लागि ५ अर्ब ३४ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिए ।


पुष्प दुलाल